टंक बुढाथोकीको गीत, मिस्टर नुवाकोट सुमनको अभिनय



काठमाडौं,फागुन-३०।चर्चित गायक टंक बुढाथोकीको स्वरमा स्वरबद्द गीत”खोट रैछ” सार्वजनिक भएको छ।गीतको भिडियोमा मिस्टर नुवाकोटदेखि पछिल्लो समय नायकको रुपमा स्थापित सुमन थापाको अभिनय रहेको छ।

टंक बुढाथोकीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक उक्त गीतमा शब्द लेखन नविन चापागाई र टंक बुढाथोकीले गरेका हुन् भने गीत एरेन्ज समेत टंक बुढाथोकीले गरेका छन।गीतको भिडियोमा नायक सुमन थापा, तुलसा क्षेत्री र दिपेश धिताललाई देख्न सकिन्छ।नायक थापाद्वारा अभिनित चलचित्र द फ्यामस,युज,द एप्पल,क्विन लगायत आधा दर्जन चलचित्र चर्चित छन्।

यस गीतको भिडियोमा छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका छन । निर्देशन निकेश खड्काको रहेको छ।

गीत तथा म्युजिक भिडियो अत्यन्त राम्रो र उत्कृष्ट रहेको दर्शक श्रोताले प्रतिक्रिया दिईरहेका छ्न।

गीतको भिडियो यहाँ हेर्नुस्

प्रतिक्रिया दिनुहोस्