कोरोनाका कारण अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा



एजेन्सी,चैत-१।कोरोनाका कारण अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ।शुक्रबार एक कार्यक्रम आयोजना गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको बढ्दो प्रकोपलाई नियन्त्रण गर्न अनिश्चितकालीन संकटकाल घोषणा गरेका हुन ।

यसका साथै अमेरिकी सरकारले कोरोनाको जोखिम विरुद्ध अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ ।साथै सरकारले अब अलग अलग राज्य सरकारसँग मिलेर प्रशासनका साथसाथै उच्च समन्यव गरेर काम गर्ने छ ।

ट्रम्पले आपतकाल कति दिन सम्म रहने भन्ने स्पष्ट पारेनन् । उनले भने ‘आशा गरौँ स्थिति छिट्टै ठीक हुने छ।`

प्रतिक्रिया दिनुहोस्