समाजमा हुने आपराधिक बिषयबस्तुलाई समेटेर प्युठानका युवाले निर्माण गरे चलचित्र ‘अपराध’(भिडियोसहित)



राम बहादुर बिश्वकर्मा।प्युठान,चैत-१।समाजमा हुने आपराधिक बिषयबस्तुलाई समेटेर प्युठानका युवाले चलचित्र निर्माण गरेका छन् ।अपराध’(क्राइम क्रस) नामकरण गरिएको चलचित्रमा विज्ञान र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्दा त्यसले सहजता प्राप्त हुन्छ भन्ने सन्देश चलचित्रमा देखाउन खोजिएको छ। विज्ञान र प्रविधिको गलत प्रयोग हुँदा समाजमा नयाँ अपराध र अपराधीहरूको विकास हुने समेत कथावस्तु मार्फत देखाउन खोजिएको यसका कथा निर्देशक तथा परिकल्पनाकार समेत रहेका प्रकाश बस्नेतले बताए।

केएसआर मुभिज प्रा.लि बाट निर्माण भएको “अपराध”(क्राइम क्रस) चलचित्रले राजनैतिक स्थिरता कायम गर्दै सामाजिक अपराध न्यूनीकरण गरी शान्ति र अमनचयनको वातावरण विश्वसनीय बनाउन, कूटनीतिक प्रभावकारिता अभिवृद्धि गर्न, सुरक्षा सूचना प्रणालीलाई सुदृढ गरी अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारी अभिवृद्धि गर्न, अपराध न्यूनीकरणको प्रणालीगत सुधार गर्न, अपराध अनुसन्धानमा आधुनिक प्रविधि र विधिहरूको उपयोग गर्न, सरोकारवाला निकायबीच प्रभावकारी समन्वय स्थापित गरी नयाँ संसार देखाउन सहयोग पुर्याउने उद्देश्यले कथा परिकल्पना गरेको समेत निर्देशक बस्नेतले दाबी गरेका छन् ।

काठमाडौको विभिन्न स्थानमा छायाकंन गरिएको चलचित्रको भीडियो यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो ।

राष्ट्रिय लोक तथा दोहरी प्रतिस्ठानका केन्द्रिय महासचिव सुबास के सि निर्माता रहेका छन । भने उक्त चलचित्र के एस आर बस्नेतको अफिसियल यु ट्युब केएसआर मोभिज च्यानलबाट सार्बजनिक गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्