आँचलले गरिन डाक्टरसंग विवाह,हायत होटलमा भव्य पार्टी



काठमाडौं,चैत्र-१। चर्चित नायिका आँचल शर्माले विवाह गरेकी छन।नायिका शर्माले पेशाले चिकित्सक रहेका डा. उदिप श्रेष्ठसँग विवाह गरेकी हुन्। काठमाण्डौको बुढानिलकण्ठस्थित् पार्क भिलेज रिसोर्टमा भव्य समारोहका बीच उनीहरुको विवाह भएको हो ।

विवाह समारोहमा आँचललाई उनका पतिले करोडौंका गरगहनासमेत उपहार दिएकोबारे अहिले बजार तातेको छ । कतिसम्म भने उक्त विवाह समारोहमा सरिक भएकाहरु नै तामझाम देखेर छक्क परेका थिए । चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा उदाएकी यी सुन्दरी म्यूजिक भिडियोको दुनियाँमा अझ बढी सफल मानिन्छिन् ।

त्यस्तै आँचल र उदिपले आज आयोजना गरेको रात्री भोजमा भिआईपीदेखि चलचित्रकर्मीहरु निम्ता गरेका छन् ।

उनीहरु साँझ आयोजना गरिने भोजमा भने हेलिकप्टरबाट उत्रिने कार्यक्रम समेत तय भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्