इटलीमा कोरोनाद्वारा एकै दिनमा १७५ जनाको मृत्यु 



काठमाडौँ,चैत-२।इटलीमा कोरोनाद्वारा एकै दिनमा १७५ जनाको मृत्यु  भएको छ।कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दिनहुँ बढ्दै गएको त्यहाँ स्थित सिभिल प्रोटेक्ट सर्भिसले जनाएको छ।

सर्भिसको पछिल्लो अपडेट अनुसार इटालीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १४४१ पुगेको बताइएको छ। इटालीमा एकै दिन ३४ सय ९७ जना संक्रमित बढेको जानकारी दिइएको छ भने अहिलेसम्म २१ हजार १५७ जना संक्रमित भएका छन् ।

कोरोनाबाट मृत्यु हुने संख्या चीनपछिकै यो दोस्रो धेरै हो ।

प्रतिक्रिया दिनुहोस्