इटालीमा कोरोनाको संक्रमणबाट एक दिनमै ३६८ जनाको मृत्यु



एजेन्सी,चैत-३।इटालीमा कोरोनाको संक्रमणबाट एक दिनमै ३६८ जनाको मृत्यु भएको छ।इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको हो।यससगै इटालीमा मृतकको संख्या यो समेत १ हजार ८०९ पुगेको छ।र चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ ।विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ ।

भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन शहरमा पैदल हिँडेर कोरोनाभाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न जानु भएको थियो ।

कोरोनाभाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्