गायक माधब भण्डारीले ल्याए सडक दुर्घटनाको आफ्नै कहानीको म्युजिक भिडियो(भिडियो)



काठमाडौ,चैत-३। चर्चित गायक तथा संगीतकार माधब भण्डारीले सडक दुर्घटना पछिको आफ्नै कहानीमा आधारित पहिलो गीत “नयाँ जुनि पाए”बजारमा ल्याएका  छन।

गायक भण्डारी २०७३ साल चैत १२ गते सडक दुर्घटना परेका थिए।नयाँ बजारस्थित  काठमाडौ डिजिटलमा साङ्गितिक कर्म सकेर राती घर फर्कने क्रममा उनी गङगबु गणेशस्थानमा सडक  दुर्घटनामा परेका थिए।दुर्घटना पश्चात् गायक भण्डारीले झन्डै दुई महिनासम्म अचेत जीवन बिताए।

जब उनलाई महिनौं पछि होश आयो तब माया गर्ने आफन्तजन वरिपरि देखे।’मलाई भगवान र शुभेच्छुकको अनुकम्पाले बचायो’एल्बम विमोचन समारोहमा गायक भण्डारीले भावुक हुँदै भने-‘मेरो जीवन यथार्थपरक गीतलाई एकपटक सबैले हेरिदिनु होला।’र गीतलाई सबैले माया गरिदिन गायक भण्डारीले दर्शक श्रोतालाई आग्रह समेत गरेका छ्न।

धिताल फिल्मद्वारा निर्मित नयाँ सार्वजनिक गीतमा उनै चर्चित गायक तथा संगीतकार माधब भण्डारीको स्वर,लय र शब्द रहेको छ भने भिडियोमा उनको जीवन संगिनि स्मृति भण्डारी र छोरा सुजल भण्डारीलाई समेत देख्न पाईन्छ।गीतको भिडियो निर्देशन होम धितालले गरेका छन भने भिडियो सम्पादन चर्चित सम्पादक रोशन धितालले गरेका छ्न।

गीतको अडियो/भिडियो गायक भण्डारीको माधब भण्डारी युट्युब च्यानलमा उपलब्ध छ।

पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्