चीनले आफ्नो सीमा शनिबारदेखि बन्द गर्ने



एजेन्सी, चैत्र-१४ । चीनले आफ्नो सीमा नाका शनिबारदेखि  बन्द गर्ने भएको छ। उसले सिमा बन्द गर्दै विदेशीलाई प्रवेशको अस्थायी रोक लगाएको हो।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीन सरकारले बिहिबार साँझदेखि सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोक लगाउन चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा चीनले भीसा तत्काल जारी नगर्ने र जारी गरेकाहरुलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ ।

तीन महिना अघि धेरैजसो देशले  चीनमा कोरोना भाइरस देखिएपछि चीनबाट आउने विमानलाई रोक लगाएका थिए। अहिले चीनमा संक्रमण दर घट्दै गएको परिप्रेक्ष्यमा  यसलाई दृष्टिगत गरी विदेशीलाई अस्थायी रुपमा प्रवेश रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्