थप दुई नेपालीलाई युएईमा कोरोना संक्रमण



काठमाडौं, चैत्र-१५। संयुक्त अरब इमिरेट्स (युएई)मा थप दुई नेपालीमा कोरोनाको संक्रमण भेटिएको छ । शनिबार युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले यसको जानकारी गराउदै  संक्रमित दुवैजना नेपालीको अवस्था स्थिर रहेको जानकारी दिएका छन्।

राजदूत ढकालले यसअघि पनि युएईमा दुई जना नेपालीमा यस्तो संक्रमण भेटिएको बताए।उनीहरु उपचारपछि स्वस्थ भइसकेको समेत राजदूत ढकालले जानकरी दिए ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार युएईमा विदेशबाट आएका वा संक्रमण भइसकेका व्यक्तिहरूको सम्पर्कमा आएकालाई बढी संक्रमण देखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्