कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो,६ लाख संक्रमित



काठमाण्डौ,चैत-१५,।अहिले विश्वभर कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु हुने र संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ ।भाइरसका कारण मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ भने कूल संक्रमितको संख्या ६ लाख १५ हजार नाघेको छ ।ती मध्ये १७ प्रतिशतको मृत्यु भएको हो ।

संक्रमितमध्ये ८४ प्रतिशत अर्थात १ लाख ३७ हजार संक्रमित निको भएका छन्।उपचाररत करिब २४ हजारको अवस्था भने चिन्ताजनक छ।अहिलेसम्म १ सय ९९ राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै इटालीका नागरिकको ज्यान लिएको छ । त्यहाँ अहिलेसम्म ९ हजार १ सयभन्दा बढिको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्