कारोना रोकथाम कोषमा गायक बद्री पंगेनीद्वारा  ५० हजार सहयोग



काठमाडौ,चैत-१६।चर्चित लोक दोहारी गायक बद्री पंगेनीले कारोना रोकथाम कोषमा ५० हजार सहयोग गरेका छन् । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथामको लागि सरकारले सञ्चालन गरेको कारोना रोकथाम कोषमा गायक पंगेनीले ५० हजार सहयोग गरेका हुन्।उनले राष्ट्रिय बाणिज्य बैंकमार्फत कोरोना रोकथाम कोषमा उक्त रकम  सहयोग गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस नेपालमा पनि देखिएपछि सरकारद्वारा कोरोना रोकथाम कोष खडा गरिएको छ । हालसम्म कोरोना रोकथाम कोषमा धेरै कलाकारहरुले सहयोग गरिसकेका छन् । यसअघि गायक तथा मोडल प्रकाश सपुतले पनि २ लाख सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्