कोरोना:मृत्यु ३७,७८०,इटालीमा मात्रै मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो



एजेन्सी,चैत-१८।कोरोना भाइरस (कोभिड-१९)का कारण संसारभर मृत्यु हुनेको संख्या अहिले सम्म ३७ हजार ७ सय ८० जना पुगेको छ। पछिल्लो २४ घन्टामा संसारभर २ हजार ७ सय ९७ जनाले ज्यान गुमाएका छन ।इटलीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ त्यस्तै  पछिल्लो समय  आजमात्रै त्यहाँ  ८ सय १२ जनाको मृत्यु भएको छ ।

स्पेनमा आज थप ५ सय ३७ जनाको मृत्यु भएको छ  भने स्पेनमा अहिलेसम्म ७ हजार ३ सय ४० र चीनमा ३ हजार ३ सय ४ जनाले ज्यान गुमाएका छन् । इरानमा २ हजार ७ सय ५७ र अमेरिकामा २ हजार ६ सय ५० जनाको मृत्यु भएको छ । फ्रान्समा ४ सय १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्