कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो



एजेन्सी,चैत्र-१८ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने  १२ सय ५२ जना संक्रमित भेटिएका छन। आज अर्थात मंगलबार  आएको पछिल्लो तथ्यांक अनुसार मृतक संख्या बढेको जनाइएको छ।

संक्रमित मध्ये धेरैजसो दिल्ली र महाराष्ट्रका छन् । दिल्लीको दिलसाद गार्डेन, निजामुद्दीन, नोयडाका अलावा मेरट, भिलवारा, मुम्बई  अहमदावाद, करारगड, पथानाथिट्टा र पुनेमा बढी देखिएका छन् ।

संक्रमित ज्यादा भेटिएका ती क्षेत्रमा भारत सरकारले विशेष ध्यान दिएर लकडाउन कडा बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्