कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो



काठमाडौ,चैत-१९।पछिल्लो तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ । मृत्यु हुनेमध्ये इटलीमा मात्रै १२ हजार ४ सय २८ जना रहेका  छन् ।

त्यस्तै मृत्यु हुनेमा स्पेनमा ८ हजार २ सय ६९ जना, अमेरिकामा ३ हजार ४ सय ८, चीनमा ३ हजार ३ सय ५, फ्रान्समा ३ हजार २४ र इरानमा २ हजार ८ सय ९८ जना रहेका छन् ।

इटलीमा बितेको चौबीस घण्टामा  ८ सय ३७ र स्पेनमा ५ सय ५३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्