भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुग्यो,बुधबार मात्रै १०को मृत्यु



एजेन्सी,चैत-१९। भारतमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ४५ पुगेको छ।त्यहाँ बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्।

यद्यपि कतिपय भारतीय सञ्चारमाध्यमले भने कोरोनाबाट हालसम्म ५१ जनाको मृत्यु भइसकेको उल्लेख गरेका छन्।भारतमा हालसम्म कोरोना भाइरसबाट १५ सय ९० जना संक्रमित भएको पुष्टि भएको छ।

चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी बनेको छ।

बुधबार दिउँसोसम्म संसारभर ४२ हजारभन्दा बढीको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ६० हजारभन्दा बढी संक्रमित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्