कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो



एजेन्सी,चैत्र-२०।बितेको २५ घन्टामा एक लाख २५ हजार संक्रमित बढेसगै  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ लाख नाघेको छ । सन्क्रमितको संख्या विश्वभर ९ लाख ३५ हजार २२ जना पुगेको छ भने  मर्नेको संख्या ४७ हजार १ सय ८९ पुगेको छ । संक्रमितको संख्या ह्वात्तै बढेपछि विश्व स्वास्थ्य संगठनले चिन्ता प्रकट गरेको  छ ।

भाइरसकै कारण मृत्यु हुनेको संख्या भने ४७ हजार नाघेको  छ । तथ्यांकअनुसार मृतक संख्या विगत दिनभन्दा बढिरहेको छ । २४ घन्टाबीच चार हजार मानिसको कोभिड १९ बाट मृत्यु भएको छ ।हालसम्म १ लाख ९३ हजार ९ सय ८९ जना भाइरसबाट मुक्ति पाई निको भएर घर फर्किएका छन् ।

भाइरस संक्रमित सबैभन्दा बढी अमेरिकामा देखिएका छन् भने मृत्यु हुनेको संख्या  सबैभन्दा बढी इटालीमा रहेको तथ्यांक छ ।

विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । यसले अमेरिका र युरोपमा महामारीको रुप लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्