भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७२ पुग्यो



काठमाडौ,चैत-२१।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ भने कोरोना संक्रमितको संख्या २ हजार ५ सय ४३ पुगेको छ ।

त्यस्तै १ सय १९ कोरोना संक्रमित निको भएका छन् । भारतमा कोरोना संक्रमणबाट बिहिबार मात्रै १४ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्