प्रधानमन्त्री ओलीले देशवासीको नाममा पूनः सम्बोधन गर्ने



काठमाडौं,चैत्र-२१ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा पूनः सम्बोधन गर्ने तयारी भएको छ। सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चालेको कदमबारे जानकारी गराउने उदेश्यले सम्बोधनको तयारी भएको परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीले एक टेलिभिजन कार्यक्रममा बताएका हुन।मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीले छिट्टै कोरोनाबारे सरकारले चालेको कदम र भावी कार्यनीति सार्वजनिक गर्न देशवासीको नाममा सम्बोधन गर्ने तयारी भएको जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउन सफल भएको बताउदै लकडाउन अवधि लम्बिन सक्ने बताए । लम्बिने लकडाउन अवधि खुकुलो भने नहुने समेत बताए।

उनकाअनुसार ईट्टाभट्टामा काम गर्ने, ठूला ठूला जलबिद्युत आयोजना, मेलम्ची खानेपानी आयोजनालगायतका केही महत्वपूर्ण परियोजनाहरु चलाउन दिईने तर अरु सबै बन्द गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्