कोरोना भाइरस:संक्रमित ११ लाख नजिक,मृतक ५९ हजार



एजेन्सी, चैत-२२।कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ११ लाख नजिक पुगेको छ भने मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार भाइरसबाट विश्वभर मर्नेको संख्या ५९ हजार १ सय ४० पुगेको छ।संक्रमितको संख्या भने १० लाख ९७ हजार ८ सय १० पुगेको छ।भाइरसबाट मुक्ति पाई घर फर्किनेको संख्या भने २ लाख २८ हजार ४ सय ५ रहेको छ।

तथ्यांकअनुसार सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या रहेका छन् । त्यसपछि इटाली, स्पेन, जर्मनी र चीन अगाडि छन् ।अमेरिकामा संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ६५ रहेको छ।त्यस्तै इटालीमा१ लाख १९ हजार ८ सय २७,स्पेनमा १ लाख १९ हजार १ सय ९९,जर्मनीमा ९१ हजार १ सय ५९,चीनमा ८१ हजार ६ सय २०,फ्रान्समा ६४ हजार ३ सय ३८,इरानमा ५३ हजार १ सय ८३,बेलायतमा ३८ हजार १ सय ६८,टर्की २० हजार ९ सय २१,स्वीटजरल्यान्डमा १९ हजार ६ सय ०६ जना र बेल्जियममा १६ हजार ७ सय ७० जना संक्रमित संख्या रहेका छन।

विश्वका केही देशमा मात्र संक्रमित भेटिएका छैनन् । ती देशहरुमा नमूना परीक्षण राम्ररी नहुँदा वा संक्रमित लुकाइएको विषय पनि बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस्