कोरोना भाइरस:मृतक ६० हजार,संक्रमित ११ लाख नाघ्यो



एजेन्सी,चैत-२२ । महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ भने संक्रमित हुनेको संख्या ११ लाख कटेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर मृतक संख्या ६१ हजार १ सय ४१ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३८ हजार ३ सय ५७ पुगेको छ। भाइरसको संक्रमणबाट २ लाख ३६ हजार १ सय ५७ जना भने  निको भई घर फर्किसकेका  छन् ।

अहिले सबैभन्दा बढी अमेरिकामा संक्रमित संख्या रहेका छन् । त्यसपछि इटाली, स्पेन, जर्मनी र चीन अगाडि छन।संक्रमितहरुमा अमेरिकामा २ लाख ७७ हजार ६ सय ०७ जना,स्पेनमा १ लाख २४ हजार ७ सय ३६ जना,इटालीमा  १ लाख १९ हजार ८ सय २७ जना,जर्मनीमा ९१ हजार ५ सय ८९ जना,फ्रान्समा  ८२ हजार १ सय ६५ जना,चीनमा  ८१ हजार ६ सय ३९ जना,इरानमा  ५५ हजार ७ सय ४३ जना ,बेलायतमा  ४१ हजार ९ सय ०३ जना ,टर्कीमा  २० हजार ९ सय २१ जना,स्वीटजरल्यान्डमा  २० हजार २ सय ७८ जना,बेल्जियममा १८ हजार ४ सय ३१ जना रहेका छन।

प्रतिक्रिया दिनुहोस्