कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो,संक्रमित १२ लाख नजिक



काठमाडौ,चैत-२३।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ६४ हजार ६ सय ६२ पुगेको छ भने संक्रमितको संख्या झण्डै १२ लाख पुगिसकेको छ ।

यसै बिचमा  २ लाख  ४३ हजार ८ सय ७१ जना उपचारपछि घर फर्किसकेका छन् ।

पछिल्लो  २४ घन्टाको तथ्यांकअनुसार सबैभन्दा धेरै फ्रान्समा मृत्यु भएको छ।फ्रान्समा १ हजार ५३ जनाको मृत्यु भएको छ । अमेरिकामा ७ सय ५८, बेलायतमा ७ सय ८, इटलीमा ६ सय ८१, स्पेनमा ५ सय ४६ र इरानमा १ सय ५८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्