कोरोना भाइरस:मृत्यु हुनेको संख्या ६९ हजार नाघ्यो



काठमाडौ,चैत-२४।महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ।तथ्यांकअनुसार मृत्यु हुनेको संख्या  ६९ हजार ४ सय १८ पुगेको छ भने  संक्रमितको संख्या १२ लाख ५३ हजार ४३ पुगेको छ ।

बितेको २४ घन्टामा अमेरिकामा  ८ सय ७३ जनाको मृत्यु भएको छ ।यो सबैभन्दा ज्यादा संख्या हो।

यसैअनुरुप  बेलायतमा ६ सय २१, इटलीमा ५ सय २५, स्पेनमा ४ सय ७१, बेल्जियममा १ सय ६४, इरानमा १ सय ५१, नेदरल्याण्डस्मा १ सय १५ र जर्मनीमा ७३ जनाको बितेको २४ घण्टामा ज्यान गएको छ ।

यसैबीच अमेरिकामा भाइरसका कारण ५ जना नेपालीको मृत्यु भैसकेको छ।यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ।यस अघि ५० वर्षीय अनिल लिम्बुको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्