कोरोनाका कारण भारतमा १ सय १७ को मृत्यु



काठमाडौ,चैत-२४।कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । भारतमा हिजो (आइतबार)मात्रै १८ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १ सय १७ पुगेको हो ।

संक्रमित हुनेको संख्या ४ हजार २ सय ७७ पुगेको छ।आइतबार मात्रै झण्डै ७०० भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको घटना हो ।

पछिल्लो समय भारतमा नयाँ संक्रमितहरुको संख्या बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्