कोरोना भाइरसका कारण ज्यान जानेको संख्या ७४ हजार नाघ्यो



एजेन्सी,चैत-२५।कोरोना भाइरसका कारण ज्यान जानेको संख्या ७४ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण मृत्यु हुने ७४ हजार  ६ सय २६ पुगेको छ ।र हालसम्म  संक्रमितको संख्या भने १३ लाख २८ हजार १ सय ५७ जना  भएका छन् ।त्यस्तै  २ लाख ७७ हजार २ सय ८५ जना भाइरसबाट मुक्ति पाई उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो तथ्यांकअनुसार  अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ८ सय ७४ को मृत्यु भएको छ  भने फ्रान्समा ८ सय ३३ जनाको मृत्यु भएको छ ।

त्यस्तै  इटलीमा ६ सय ३६, स्पेनमा ५ सय २८, बेलायतमा ४ सय ३९, बेल्जियममा १ सय ८५ र इरानमा १ सय ३६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्