कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८२ हजार नजिक



काठमाडौ,चैत-२६।कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८२ हजार नजिक पुगेको छ ।पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ८१ हजार ९ सय ७२ रहेको छ भने संक्रमितको संख्या झण्डै १४ लाख पुगेको छ ।र झण्डै तीन लाख जना उपचारपछि घर फर्किएका छन् ।

भाइरसका कारण  बितेको २४ घण्टामा सबैभन्दा धेरै फ्रान्समा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । अमेरिकामा १ हजार ३ सय ५९ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन् ।

त्यस्तै बेलायतमा ७ सय ८६, इटलीमा ६ सय ४, स्पेनमा ५ सय ५६, बेल्जियममा ४ सय ३ र नेदरल्याण्ड्समा २ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्