कोरोनाका कारण चर्चित सञ्चारकर्मीको मृत्यु



युएई,चैत-२६। कोरोना भाइरसको संक्रमणले यूएईका चर्चित सञ्चारकर्मीको मृत्यु भएको छ।संक्रमणबाट  सञ्चारकर्मी रिचर्ड कोरमको निधन भएको हो।उनी लाइभ संगीत र मनोरञ्जनको दृश्यमा सँधै अग्रपंक्तिमा देखिने संचारकर्मी हुन।

उनको बेलायतमा मृत्यु भएको गल्फ न्युजले जनाएको छ । उनी कोरम रेडियो होस्टका साथै दुबईको प्रसिद्ध च्यानल ३३ का ख्यातीप्राप्त  प्रस्तोता पनि थिए ।

संयुक्त अरबको भूमिमा उनी लाइभ मनोरञ्जनको क्षेत्र बदल्ने ब्यक्ति भनेर चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्