बहराइनमा २२ जना नेपालीमा कोरोना संक्रमण



काठमाण्डौ,चैत-२७। बहराइनमा २२ जना नेपालीमा कोरोना संक्रमण  देखिएको छ। बहराइनको मानमास्थित नेपाली दूतावासले एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देखिएको जनाएसगै सङ्क्रमित नेपालीको संख्या  २२ पुगेको हो।

यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

बहराइनमा अहिलेसम्म २२ नेपालीसहित कुल ८ सय २३ जनामा कोरोना संक्रमण भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १२ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्