कोरोनाका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघ्यो



एजेन्सी,चैत-२७।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण  मृत्यु हुनेको संख्या ८८ हजार  ५ सय २ पुगेको हो । भाइरस संक्रमितको संख्या १५ लाख १८ हजार ७ सय १९ पुगेको छ । अहिलेसम्म ३ लाख ३० हजार ५ सय ८९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा ६ हजार ४ सय १४ जनाको मृत्य भएको छ ।

अहिलेसम्म  सबैभन्दा बढी इटलीमा १७ हजार ६ सय ६९ को मृत्यु भएको छ भने अमेरिकामा १४ हजार ७ सय ९५ ले ज्यान गुमाएका छन्।

त्यसैगरी स्पेनमा १४ हजार ७ सय ९२, फ्रान्समा १० हजार ८ सय ६९, बेलायतमा ७ हजार ९७, इरानमा ३ हजार ९ सय ९३ र चीनमा ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्