कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो



काठमाडौ,चैत-२८।कोरोना भाइरसबाट मृत्यु हुनेको सख्ंया ९५ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण मृत्यु हुनेको संख्या ९५ हजार ६ सय ५७ पुगेको छ।त्यस्तै संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ। संक्रमितको संख्या  बढेर १६ लाख २ हजार ६ सय १९ पुगेको छ । त्यस्तै उपचारपछि घर फर्कनेको संख्या ३ लाख ४८ हजार ९४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ३ सय २६ र फ्रान्समा १ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै इटलीमा ६ सय १०, स्पेनमा ४ सय ४६, बेल्जियममा २ सय ८३, इरानमा १ सय १७ र जर्मनीमा १ सय २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्