कोरोना भाइरसबाट ज्यान जानेको संख्या १ लाख नाघ्यो



एजेन्सी,चैत-२९ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर १ लाख ३ सय ७९ जनाको मृत्यु पुगेको  छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी इटालीमा रहेका छन्।इटालीमा  १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मृतकको संख्या १८ हजार नजिक पुगेको छ । स्पेनमा १६ हजार नजिक पुगेको छ । फ्रान्समा १२ हजार, बेलायतमा ९ हजार, इरानमा ४ हजारको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढे १६ लाख कटेको छ । निको भएकाको संख्या साँढे १३ हजार कटेको छ ।

मृत्यु हुनेमा अमेरिकामा  १७ हजार ९ सय २७ रहेका छन।त्यस्तै स्पेनमा १५ हजार ९ सय ७०,इटालीमा १८ हजार ८ सय ४९,जर्मनीमा २ हजार ६ सय ७,फ्रान्सम्क १२ हजार २ सय १०,चीनमा ३ हजार ३ सय ३६,इरानमा ४ हजार २ सय ३२,बेलायतमा ८ हजार ९ सय ५८,टर्कीमा १ हजार ६,बेल्जियममा३ हजार १९,स्वीटजरल्यान्डमा १ हजार १ जनाको मृत्यु भैसकेको छ

प्रतिक्रिया दिनुहोस्