मलेसियामा लकडाउन अप्रिल २८ सम्म थपियो



एजेन्सी,चैत-२९।मलेसियामा लकडाउन थपिएको छ। लकडाउनको अवधि थपेर अप्रिल २८ तारिखसम्म पुर्याएको हो।सरकारले  तत्काल  दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको उल्लेख गरेको छ ।

राष्ट्रिय टेलिभिजनबाट प्रधानमन्त्री मुहिद्धिन यासिनले सम्बोधन गर्दै लकडाउनका मिति अप्रिल २८ तारिखसम्म लागु हुने थपिएको घोषणा गरेका हुन् । उनले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताए ।मलेसियामा मार्च १८ देखि नै लकडाउन सुरु गरिएको थियो।

मलेसियामा शुक्रबारसम्ममा कोरोना भाइरसका कारण चार हजार ३४६ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्