कोरोना भाइरसबाट ज्यान जानेको संख्या १ लाख ८ हजार ७ सय ७०



एजेन्सी,चैत-३०। कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख भन्दा बढी नाघेको छ।पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय ७० पुगेको हो । भाइरस संक्रमितको संख्या भने १७ लाख ७९ हजार ९९ पुगेको छ । भाइरसबाट गम्भीर रहेकाको संख्या ५० हजार ३१ जना  रहेको छ ।

अहिलेसम्म अमेरिकामा २० हजार ६९ जनाले  ज्यान गुमाइसकेका छन् भने इटलीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।

त्यस्तै स्पेनमा १६ हजार ३ सय ५३, फ्रान्समा १३ हजार ८ सय ३२, बेलायतमा ९ हजार ८ सय ७५ र इरानमा ४ हजार ३ सय ५७ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्