कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९ हजार नाघ्यो



एजेन्सी,चैत-३०।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १ लाख ९ हजार ६ सय ५४ पुगेको छ भने संक्रमितको संख्या भने झण्डै १८ लाख पुगेको छ ।

संक्रमण भएका मध्ये ५० हजार ५ सय ४९ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय तथ्यांकमा उल्लेख छ ।

अमेरिकामा अहिलेसम्म २० हजार ५ सय ८० जनाको मृत्यु भैसकेको छ भने इटलीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।

त्यस्तै स्पेनमा १६ हजार ९ सय ७२, फ्रान्समा १३ हजार ८ सय ३२, बेलायतमा ९ हजार ८ सय ७५ र इरानमा ४ हजार ३ सय ५७ जनाको कोरोना भाइरसबाट मृत्यु भैसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्