कोरोनाबाट ज्यान जानेको संख्या १ लाख १९ हजार नाघ्यो



एजेन्सी,बैशाख-२।कोरोना भाइरसका कारण ज्यान जानेको संख्या १ लाख १९ हजार नाघेको छ। कोरोना भाइरसका कारण  मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय ८२ पुगेको हो।

पछिल्लो तथ्यांकअनुसार भाइरस   संक्रमितको संख्या १९ लाख २४ हजार ६ सय १८ पुगेको छ भने बितेको २४ घण्टामा मृत्यु हुनेको संख्या  ४ हजार १ सय ८० जना रहेको छ । भाइरसबाट संक्रमित मध्ये आजसम्म ५१ हजार ४ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

आजसम्म पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८ सय ५५ को मृत्यु भएको छ भने स्पेनमा २ सय ८० को ज्यान गएको छ।

त्यस्तै  इटलीमा ५ सय ६६, फ्रान्समा ५ सय ७४, जर्मनीमा १६, बेलायतमा ७ सय १७, इरानमा १ सय ११ र बेल्जियममा ३ सय ३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्