भारतमा एकै दिनमा १४ सय संक्रमित



एजेन्सी,वैशाख-३ । भारतमा एकै दिनमा १४ सय नयाँ  संक्रमित भेटिएको छ।बितेको २५ घन्टाको सबैभन्दा बढी संक्रमित तथ्यांक हो यो।यससँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ ।

भारतमा कुल  संक्रमितको संख्या १० हजार ८ सय १५ पुगेको छ भने त्यहाँ कुल मृत्यु हुनेको संख्या ३५३ पुगिसकेको छ । बितेको २४ घन्टामा मात्रै संक्रमणबाट मर्नेको संख्या २९ जना पुगेको छ ।

त्यहाँ  २१ दिनको लकडाउन सकिएपछि आजबाट नयाँ लकडाउन शुरु भएको छ ।
तस्बिर:फाईल

प्रतिक्रिया दिनुहोस्