कोरोनाबाट ज्यान जानेको संख्या १ लाख २६ हजार नाघ्यो



एजेन्सी,बैशाख-३।कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार  विभिन्न देशमा भाइरसका कारण मृत्यु हुनेको संख्या  १ लाख २६ हजार ६ सय ४ पुगेको हो।

संक्रमितको संख्या भने बढेर १९ लाख ९८ हजार १ सय ११ पुगेको तथ्यांकमा उल्लेख छ । उपचारपछि घर फर्किनेको संख्या ४ लाख ७८ हजार ६ सय ५९ रहेको छ भने स्वास्थ्य अवस्था गम्भीर रहेको बिरामीको संख्या ५१ हजार २ सय ५२ जना रहेका छन।

पछिल्लो २४ घन्टामा अमेरिकामा सबैभन्दा धेरैले ज्यान गुमाएका छन।अमेरिकामा १ हजार ४ सय ९२ जनाको मृत्यु भैसकेको छ । त्यस्तै बेलायतमा ७ सय ७८, फ्रान्समा ७ सय ६२, इटलीमा ६ सय २, स्पेनमा ३ सय र बेल्जियममा २ सय ५४ जनाको ज्यान गइसकेको तथ्यांक  छ ।

प्रतिक्रिया दिनुहोस्