कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघ्यो



एजेन्सी,बैशाख-४ । कोरोना भाइरसको संक्रमणका कारण  मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ६ सय १५ पुगेको छ भने संक्रमितको संख्या बढेर २० लाख ८३ हजार ३ सय ४ पुगेको छ ।

त्यस्तै रोगको संक्रमणबाट मुक्त भइ  ५ लाख १० हजार ३ सय ४१ जना घर फर्किएका छन् । अहिले संक्रमितमध्ये ५१ हजार १ सय ४२ जनाको अवस्था गम्भीर छ।

हिजो मात्रै अमेरिकामा सबैभन्दा धेरै २ हजार ४ सय ८२ जनाको मृत्यु भएको छ भने फ्रान्समा १ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ । त्यस्तै तुलनात्मक रुपमा बेलायतमा ७ सय ६१, इटलीमा ५ सय ७८, स्पेनमा ५ सय ५७ र बेल्जियममा २ सय ८३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्