कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो



एजेन्सी,बैशाख-४। अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ।त्यहाँस्थित जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० हजार ८ सय ३२ जना पुगेको छ भने यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ । नेपाली समय बिहीबार बिहानसम्म संक्रमित हुनेको संख्या ६ लाख ३७ हजार पुगेको तथ्यांक सार्वजनिक भएको छ।

पछिल्लो २४ घन्टामा यस भाइरसका कारण २ हजार ४९४ जनाको मृत्यु भएको छ।यो अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको तथ्यांक हो । प्राप्त समाचारअुनसार अमेरिकामा संक्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन् । त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ ।न्युयोर्कमा अहिलेसम्म १४ हजार ६४ जनाले भाइरसबाट ज्यान गुमाईसकेका छन ।

गत डिसेम्बर महिनादेखि चीनको उहानबाट सुरु भएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वका २० लाख ६३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन भने विश्वभर १ लाख ३६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्