भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४,२० पुग्यो,संक्रमित १२,७५९



एजेन्सी,बैशाख-४।भारतमा पछिल्लो क्रममा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ। त्यहाँ कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २० पुगेको छ। त्यस्तै भारतस्थित स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या भने १२ हजार ७ सय ५९ पुगेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भने संक्रमोतको संख्या कम हुँदै गएको छ । दिल्ली सरकारले जनाएअनुसार पछिल्लो २४ घन्टामा त्यहाँ १७ जना नयाँ संक्रमित भेटिएका  छन। तर मुम्बइ र इन्दौरलगायतका शहरमा संक्रमण ह्वात्तै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्