कोरोनाबाट ज्यान जानेको संख्या १ लाख ४५ हजार नाघ्यो



एजेन्सी,बैशाख-५। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५ सय १६ पुगेको छ।त्यस्तै  संक्रमितको संख्या समेत बढ्दो क्रममा रहेको छ। संक्रमितको संख्या २१ लाख ८२ हजार २५ पुगेको छ।भाइरसबाट गम्भीर रहेका बिरामीको संख्या भने  ५६ हजार ५ सय ९५ जना पुगेको पछिल्लो तथ्यांकमा उल्लेख छ।

मृत्यु हुनेहरु मध्य अमेरिकामा सबैभन्दा धेरैले  ज्यान गुमाएका छन् ।अमेरिकामा ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १३ पुगेको छ।त्यस्तै  इटालीमा २२ हजार १ सय ७० को मृत्यु भैसकेको छ भने स्पेनमा १९ हजार ३ सय १५ ले ज्यान गुमाईसकेका छन।उता फ्रान्समा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

त्यस्तै, बेलायतमा १३ हजार ७ सय २९, जर्मनीमा ४ हजार ५२ जना, इरानमा ४ हजार ८ सय ६९ जना, बेल्जियममा ४ हजार ८ सय ५७ जनाको ज्यान गएको पछिल्लो तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्