खाडीको निर्णयले सरकार अन्यौलमा



काठमाडौं, बैशाख-५ । कोरोना भाइरसको संक्रमण बढेपछि खाडी राष्ट्रमा  ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्।अहिले करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स(यूएई) मा छन्।त्यस्तै ६० हजारभन्दा बढी नेपाली कामदार रहेका छन् ।तर कुवेतको घोषणाले नेपाल मात्र होइन, अन्य मुुलुक पनि समस्यामा परेका छन।

साउदी अरेबिया, कतार, यूएई, बहराइन, ओमान,कुवेत लगायतका देशहरूले यतिबेला करिब २० हजार संक्रमित रहेको तथ्यांक आइरहँदा उनीहरू आफ्ना नागरिकको सुरक्षाका लागि अनेक निर्णय लिन थालेका छन्। यस्तो निर्णयले कैयौ नेपालीले रोजगारी गुगाएका छन्। बिदामा रहेकाहरू घर फर्कन पाएका छैनन्। घुम्न पुगेकाहरू त्यहीँ अड्किएका छन्।

अधिकांश कम्पनी बन्द भएकाले नेपालीहरू कोठामै बसिरहेको र कतिपयको त जागिरसमेत गुमेकाले हातमुख जोर्नै गाह्रो भएको छ। रोजगारी गुमाएका विदेशी नागरिक छिट्टै आफ्नो मुलुक फर्किऊन् भन्ने खुला धारणा यूएईले बाहिर ल्याए पनि अन्य मुलुकले त्यसलाई पछ्याउने भएकाले यसमा सरकारले व्यवस्थापनको बाटो तय गर्न आवश्यक देखिन्छ।

यूएईले बेरोजगार भएका र घर फर्कन चाहने आफ्ना नागरिकलाई फिर्ता लैजान कामदार पठाउने मुलुकलाई आग्रह गरेको छ। त्यहाँ रहेका नेपाली पनि स्वदेश फर्कन पाऊँ भनिरहेका छन्। यूएई सरकारको निर्णय सञ्चार माध्यममा आएपछि सरकार अन्योलमा परेको छ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्