कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघ्यो



एजेन्सी,बैशाख-५।बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ४७ नाघेको छ।पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १ लाख ४७ हजार २७ पुगेको हो । भाइरस संक्रमितको संख्या भने २१ लाख ९० हजार ३ सय ३ पुगेको छ,यो तथ्यांक बढ्दो क्रममा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेको छ।त्यस्तै भाइरसबाट गम्भीर अवस्थाका बिरामीको संख्या ५६ हजार ६ सय १ पुगेको छ ।

भाइरसको संक्रमणबाट अमेरिकामा सबैभन्दा बढीले ज्यान गुमाएका छन्।अमेरिकामा ३४ हजार ६ सय ४१ ले ज्यान गुमाएका छन्।

इटलीमा २२ हजार १ सय ७० र स्पेनमा १९ हजार ३ सय १५ को मृत्यु भएको छ।त्यस्तै फ्रान्समा १७ हजार ९ सय २०, बेलायतमा १३ हजार ७ सय २९, चीनमा ४ हजार ६ सय ३२, जर्मनीमा ४ हजार ९३ र इरानमा ४ हजार ८ सय ६९ जनाको मृत्यु भैसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्