बिश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो



एजेन्सी,वैशाख-६ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर १ लाख ५४ हजार २ सय ४१ पुगेको छ।अमेरिकामा मात्र ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।अमेरिकामा संक्रमितको संख्या समेत भयावह अवस्थामा वृद्धि भैरहेको उल्लेख छ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या अमेरिका पछि इटालीमा वृद्धि भएको छ।इटालीमा २२ हजार भन्दा धेरैको मृत्यु भैसकेको छ।त्यस्तै स्पेनमा मृतक संख्या २० हजार कटेको छ । फ्रान्समा १८ हजार, जर्मनीमा ४ हजार, बेलायतमा १४ हजार, चीनमा ४ हजार, इरानमा ४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

बिश्वभर संक्रमित मध्ये ५ लाख ७१ हजार ५ सय ७७ जना उपचारपछि घर फर्किएका छन् भने ५६ हजार ९ सय ६३ जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्