कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघ्यो



एजेन्सी,बैशाख-६ । कोरोना भाइरसको संक्रमणबाट  मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार बिश्वभर भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ९४ जना पुगेको हो ।

भाइरस संक्रमितको संख्या भने २२ लाख ७५ हजार ४ सय १ जना पुगेको छ।त्यस्तै भाइरसबाट मुक्ति मिलेर घर फर्कनेको संख्या ५ लाख ८२ हजार २ सय ५९ जना रहेको छ । कोरोनाको संक्रमणबाट गम्भीर अवस्थाका बिरामीको संख्या भने ५७ हजार ४ सय ९४ जना रहेको छ ।

बेलायतमा आज ८ सय ८८ जनाको मृत्यु भएको छ । बेल्जियममा मृत्यु हुनेको संख्या  २ सय ९० जना रहेको छ भने नेदरल्याण्ड्समा १ सय ४२ जना रहेको छ।

त्यस्तै अमेरिकामा २१, स्पेनमा ४१, जर्मनीमा २५, इरानमा ७३, रसियामा ४० र ब्राजिलमा ३० जनाको मृत्यु भैसकेको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्