कोरोनाबाट बिदेशमा एक दर्जनभन्दा बढी नेपालीको मृत्यु



काठमाडौं, वैशाख-७। कोरोनाबाट बिदेशमा एक दर्जनभन्दा बढी नेपालीको मृत्यु भएको छ भने नेपाल बाहिर रहेका २ सयभन्दा बढी नेपाली यस भाइरसबाट संक्रमित भएका छन् ।

बिदेशमा रहेका नेपालीमध्ये धेरैजसो अमेरिका र बेलायतमा प्रभावित छन् । बेलायतमा अधिकांश पूर्व गोर्खा सैनिक नेपालीको मृत्यु भएको छ।कोरोना भाइरसका कारण अमेरिकामा ६ र बेलायतमा ६ जनाको मृत्यु भैसकेको परराष्ट्र मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार विभिन्न २० देशमा रहेका २ सयभन्दा बढी नेपालीमा कोरोना भाइरसको संक्रमण भएको छ। त्यसैगरी बेलायतमा ३५ जना,बहराइनमा २२ जना, यूएईमा ११ जना, कुवेतमा १२ जना, साउदी अरेबीयामा ४ जना,मलेसियामा १ जना , जापानमा २ जना, अस्ट्रेलियामा ८ जना, पोर्चुगलमा १२, स्पेनमा ८ जना,माल्दिभ्समा दुई जना, हङकङ, बेल्जीयम, इजरायल र न्यूजील्याण्डमा एक–एक जना र स्विजरल्याण्ड्मा ५ जना र छिमेकी मुलुक भारतमा ८ जना नेपालीमा संक्रमण देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्