कोरोना भाइरसबाट ज्यान जानेको संख्या १ लाख ६० हजार नाघ्यो



एजेन्सी,बैशाख-७।कोरोना भाइरस(कोभिड -१९)का कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७ सय ५५ पुगेको हो । भाइरसबाट संक्रमितको संख्या भने २३ लाख ३० हजार ९ सय ३७ पुगेको छ ।

कोरोनाबाट मुक्ति पाएर घर फर्कनेको संख्या ५ लाख ९६ हजार ५ सय ३७ जना रहेको छ त्यस्तै  ५५ हजार २ सय ६५ जनाको अवस्था गम्भीर रहेको तथ्यांक उल्लेख छ ।

भाइरसबाट ज्यान गुमाउनेको संख्या भने बढ्दो छ।त्यहाँ मृतकको संख्या  ३९ हजार १४ पुगेको छ । त्यस्तै इटलीमा २३ हजार २ सय २७, स्पेनमा २० हजार ६ सय ३९, फ्रान्समा १९ हजार ३ सय २३ र बेलायतमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्