कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघ्यो



एजेन्सी,बैशाख-८ ।  कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ६५ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण संसारभर मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ४९ पुगेको हो ।

भाइरस  संक्रमितको संख्या  भने २४ लाख ७ हजार २ सय ९४ पुगेको छ ।यो तथ्यांक निरन्तर वृद्धिको क्रममा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।कोरोनाको महामारीबाट मुक्ति पाई घर फर्कनेको संख्या भने ६ लाख २४ हजार २ सय ९४ जना रहेको छ। उनीहरु उपचारपछि घर फर्किसकेका छन्। संक्रमित मध्य ५४ हजार २ सय ९७ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो चौबीस घण्टामा कम्तिमा ४ हजार १ सय ६७ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै  १ हजार १ सय १५ ले ज्यान गुमाएका छन । त्यस्तै स्पेनमा ४ सय १०, इटलीमा ४ सय ३३, फ्रान्समा ३ सय ९५, बेलायतमा ५ सय ९६ र बेल्जियममा २ सय ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्