कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो



एजेन्सी,बैशाख-९ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४ सय २३ पुगेको छ ।

भाइरस संक्रमण हुनेको संख्या भने २४ लाख ८१ हजार २६ जना रहेको छ। त्यसमध्ये उपचारपछि घर फर्किएकाको संख्या ६ लाख ४६ हजार ३ सय ६७ जना रहेका छन्। भाइरस संक्रमणबाट ५६ हजार ७ सय ६५ जनाको अवस्था गम्भीर रहेको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ अमेरिकामा हालसम्म   ४२ हजार ५ सय १४ जनाको मृत्यु भैसकेको छ ।त्यस्तै इटालीमा २४ हजार १ सय १४ को ज्यान गएको छ भने स्पेनमा २० हजार ८ सय ५२ जनाको मृत्यु भैसकेको छ।

त्यस्तै  फ्रान्समा २० हजार २ सय ६५ जना , बेलायतमा १६ हजार ५ सय ९ जना र बेल्जियममा ५ हजार ८ सय २८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्