भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ सय नजिक



एजेन्सी,बैशाख-९ ।भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ सय नजिक पुगेको छ।भारतमा अहिलेसम्म कोरोना संक्रमणबाट ५ सय ९२ जनाको मृत्यु भइसकेको छ।भारतमा कोरोना संक्रमितको संख्या भने साढे १८ हजार नाघेको छ। वर्ल्डओमिटरका अनुसार भारतमा अहिलेसम्म संक्रमितको संख्या १८ हजार ५ सय ३९ पुगेको छ।

सोमबार एकै दिन भारतमा ९ सय २४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। बितेको २४ घन्टामा भारतमा ३३ जनाले ज्यान गुमाएका छन्। संक्रमितमध्ये अहिलेसम्म उपचारपछि ठिक भएकाको संख्या भने ३२ सय ७३ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्