कोरोना भाइरसबाट ज्यान जानेको संख्या १ लाख ७८ हजार नाघ्यो



एजेन्सी,बैशाख-१० । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ६ सय ५८ पुगेको छ । भाइरसबाट संक्रमितको संख्या भने २५ लाख ७४ हजा ९ सय ९४ पुगेको छ । यो संख्या निरन्तर वृद्धि भैरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भाइरसबाट मुक्ति पाई घर फर्कनेको संख्या भने ७ लाख ४ हजार ४९ जना रहेका छन।उनीहरु उपचारपछि घर फर्किएका छन्।पछिल्लोपटकको तथ्यांकले जनाए अनुसार भाइरस संक्रमितमध्ये ५७ हजार २ सय १६ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढीको भाइरसबाट मृत्यु भएको छ। अमेरिकामा ४५ हजार ३ सय ४३ जनाको मृत्यु भएको छ । इटलीमा २४ हजार ६ सय ४८जनाको मृत्यु भएको छ भने स्पेनमा २१ हजार ७ सय १७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै फ्रान्समा २४ हजार ६ सय ४८, बेलायतमा १७ हजार ३ सय ३७, बेल्जियममा ६ हजार २ सय ६२, इरानमा ५ हजार ३ सय ९१ र जर्मनीमा ५ हजार ९० जनाको मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्